निहानालाई डब्लूसिएमको टाइटल, रुपेशद्वारा आईएमलाई पराजित
समरकन्द । उज्बेकिस्तानमा जारी ४६औँ चेस ओलम्पियाड नवौँ चरण नेपालका युवा खेलाडी निहाना श्रेष्ठले ७ खेलबाट ३.५ अंक जोडेर डब्लूसिएम टाइटल प्राप्त गरेकी छिन् ।
१२ वर्षीय निहाना श्रेष्ठले न्यूजिल्याण्डका डब्लूएफएम नादिया ब्रिगन्जासँग बराबर र डोमिकन रिपब्लिकका बर्लाम्या नुनेज डायज, मादागास्करका मायराना इरिन्हा तथा लिनलिन हटेडलाई पराजित गर्दै डब्लूसिएम उपाधि हात पारिन् ।
नेपाली पुरुष टोलीले उच्च एभरेज रेटिङ राष्ट्र लक्जेम्बर्गसँग २–२ अंकको बराबरी खेलेको छ ।
बराबरीसँगै सशक्त टिम लब्जेम्बरविरुद्ध १ अंक खोस्न सफल भए। नेपाली पुरुष टिमले चार जीत एक बराबर खेल्दै ९ म्याच अंक जोडेर पदक प्राप्त गर्ने आशलाई बलियो बनाएको छ । नेपाल आफ्नो डि समूहमा तेश्रो स्थानमा छन् ।
लक्जेम्बर्गविरुद्ध पहिलो बोर्डमा नेपालका युवा २०९३ रेटेड सिएम पुरुषोत्तम सिलवालले २२५४ रेटेड एफएम निकोलस बोर्गसँग बराबरी खेल्दै आधा अंक लिए ।
दोश्रो बोर्डमा २१५१ रेटेड एफएम रुपेश जैसवालले २२३१ रेटेड आईएम फ्रेड बेरेन्डलाई पराजित गर्दै नेपाललाई महत्वपूर्ण एक अंक दिलाए ।
२००८ रेटेड आशिष फुँयाल २२३० रेटेड एफएम फिलिप्पे लिन्स्टरसँग पराजित भए भने १९६७ रेटेड राजन सुबेदीले २११६ रेटेड मार्क मेर्टेन्ससँग बराबरी खेले ।
महिला टोलीको जीत महिला टोलीले नवौँ चरणमा म्यानमारसँग २.५–१.५ अंकले जित निकालेको छ । एन्जल महर्जन, निहाना श्रेष्ठ र सिन्दिरा जोशीले आ–आफ्नो खेलमा जित हासिल गरे भने कृतिसरा अधिकारीले बराबरी खेलिन् ।
यस जितसँगै नेपाली महिला टोलीले नवौँ चरण पुग्दा ४ खेलमा जीत दर्ता गर्दै म्याच प्वाइन्ट ८ अंक जोडेको छ । नेपाली महिला टिमको खेलमा अनुभवको कमिका कारण निकै उतारचढाव देखिएको छ ।
४६औँ चेस ओलम्पियाडमा कुल ११ चरण खेलाइँदैछ र प्रतियोगिता सेप्टेम्बर १६ देखि २७ सम्म समरकन्दमा सञ्चालन भइरहेको छ ।
नवौं चरणको खेलमा पुरुष टिमले ट्रिनिडाट टोबाको सँग तथा महिला टिमले सुरिनाम राष्ट्रिय टिमसँग प्रतिस्पर्धा गरिरहेका छन् ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया