एमालेद्वारा खातुनलाई समानुपातिक सांसदमा नियुक्ति गर्न आयोगमा सिफारिस, स्थानीय तह अधिवेशन मिति घोषणा
काठमाडौं । एमालेले पार्टीका स्थानीय तहका कमिटीहरूको अधिवेशन मिति तोकेको छ ।
बिहीबार पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बसेको स्थायी कमिटीको बैठकले पार्टीका वडा कमिटीहरूको अधिवेशन आगामी मंसिर २६ गते गर्ने निर्णय गरेको छ । पालिका तहको अधिवेशन आगामी पुस ४ गते सम्पन्न गर्ने निर्णय गरेको छ ।
एमालेको बैठकको आरम्भमा पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकबाट वरिष्ठ नेतामा मनोनीत भएकी विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी थिइन् । अध्यक्ष केपी ओलीले भण्डारीलाई वरिष्ठ नेताको शपथ गराएका हुन् ।
एमालेले मंसिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । राष्ट्रिय भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष, उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिहरूको सहभागिता रहनेछ । पालिका र वडा अधिवेशन सकिएपछि प्रदेशस्तरीय भेला आयोजना गरिने भएको एमाले प्रचार प्रसार विभागले जनाएको छ ।
एमालेले मधेश प्रदेश सभामा समानुपातिकतर्फ रौतहट जिल्लाबाट प्रतिनिधित्व गर्ने जैनब खातुनको निधन भएको हुँदा उक्त रिक्त स्थानमा मापदण्ड अनुरुप क्रम संखया ४२ तथा बन्दसूचीको क्रम ४० मा रहेकी समानुपातिक सूचीकी उम्मेदवार नाजमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय पनि गरेको छ ।
एमालेले अध्यक्ष पद रिक्त रहेका पार्टीका १३ जिल्लाका हकमा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी संगठन कमिटीमा रुपान्तरण गरी माथिल्लो कमिटीमा अनुमोदनका लागि पठाउनुपर्ने निर्णय गरेको छ ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया