गगन थापाको हातबाट दुर्गन्ध आइरहेको छ : जीतजंग बस्नेत
गोरखा । नेपाली कांग्रेसका नेता जीतजंग बस्नेतले गगन थापाको हातबाट दुर्गन्ध आइरहेको बताएका छन् ।
नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत शुक्रबार गोरखामा गोरखा कांग्रेसको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता बस्नेतले भने, ‘गगन थापाले माइ ह्याण्ड ईज क्लिन भन्नुभयो । म केभन्छु भने तिम्रो हातबाट ब्याड इस्मेल कमिङ है ।’
‘तिम्रो हातबाट दुर्गन्ध आइरहेको छ । तिमी विद्यार्थीकालदेखि त्यो हात यति दुर्गन्धित भएको छ नि ? हामीले त्यो देखेको हो । हामी पनि समकालीन हो । तिमीभन्दा अगाडि राजनीति गरेको होला,’ उनले भने ।
‘तिम्रो हात दुर्गन्धित छ, तिम्रो औलाहरू दुर्गन्धित छन् । मन, मस्तिस्क सबै दुर्गन्धित छ,’ नेता बस्नेतले भने, ‘एउटा बाउ समान नेतामाथि, पार्टी सभापतिमाथि आक्रमण हुँदाखेरी झोक्रेठ्याक लगाउनुपर्छ, निकाल्नुपर्छ भन्नुभयो । त्यस्तो पनि हो ।’
‘उहाँले भन्नु सक्नु हुन्छ ? उहाँको ससुरा अर्जुन नरसिंह केसीलाई भोक्रेठ्याक लगाउन भन्न सक्नु हुन्छ ? जसले वीपीलाई फाँसी दिनुपर्छ भन्ने व्यक्तिविरुद्ध उहाँ बोल्न सक्नु हुन्छ ? नुवाकोटको अधिवेशनमा ससुरा हारेको होइन ? हामीले त न्यूज हेरेर थाहा पाएको थियौँ । भोलिपल्ट त जितिसके छन्,’ नेता बस्नेतले भने ।
‘गगन थापा र विश्वप्रकाश शर्माले हाम्रो पार्टी कब्जा गर्नुभयो । धेरै गाली गर्नु छैन । मैले बोल्यो कि एक एकजना समातिन थालेका छन्,’ नेता बस्नेतले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया