नेपाल तरुण दल पर्वतको अध्यक्षमा प्रकाश बाबा मनोनयन

काठमाडौं । नेपाल तरुण दल पर्वतको अध्यक्षमा प्रकाश फकामी मगर (बाबा प्रकाश) मनोनयन गरिएको छ ।

नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष दिल लामाले मगरलाई तरुण दल पर्वतको अध्यक्षमा मनोनयन गरेका हुन् । ६ महिनाभित्र अधिवेशन गर्न अध्यक्ष मगरलाई कार्यादेश प्रदान गरिएको छ ।

यसैबीच, नेपाली कांग्रेस पर्वतका जिल्ला सभापति यामबहादुर मल्ल (रामकृष्ण)ले नेपाल तरुण दल पर्वतको अध्यक्षमा मनोनयन भएका मगरलाई कार्यकालको बधाइ र शुभकामना दिएका छन् ।

‘तपाईंको नेतृत्वमा तरुण दल पर्वतलाई अझ सशक्त, एकताबद्ध र गतिशील बनाउँदै आगामी ६ महिनाभित्र वडा, पालिका र जिल्ला अधिवेशन सम्पन्न गरी संगठनलाई चुस्त, व्यवस्थित र बलियो बनाउने तथा आगामी निर्वाचनमा तरुण दलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको छु,’ सभापति मल्लले भनेका छन् ।

Published : Thursday, 2026 November 19, 10:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया