कास्की कांग्रेसको सभापतिमा श्रेष्ठ र उपसभापतिमा गुरुङको दाबी

पोखरा । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशको अधिवेशन मंसिर ५ र ६ गते पोखरामा हुन लागेको छ ।

प्रदेश अधिवेशनको उद्घाटन सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन् । अधिवेशनलाई नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शंशाक कोइराला, मोहनबहादुर बस्नेतसहितका केन्द्रीय नेताहरूले सम्बोधन गर्नेछन् ।

गण्डकी प्रदेश कांग्रेसको सभापतिमा हालका उप–सभापति मेखलाल श्रेष्ठले उम्मेदवारी घोषणा गरिसकेका छन् । उप–सभापतिमा हालका प्रदेश सदस्य आशिक गुरुङले दाबी प्रस्तुत गरिरहेका छन् ।

श्रेष्ठ गण्डकी प्रदेशका पूर्व प्रदेशमन्त्री हुन् । गुरुङ पार्टीको पर्यटन विभाग संयोजक हुन् । गुरुङ युवामाझ निकै लोकप्रिय मानिन्छन् ।

नेता गुरुङले युवा नेतृत्वको आवश्यक अपरिहार्य रहेको हुँदा सबै युवाको नेतृत्व गर्दै आफू प्रदेश उप–सभापति पदमा उम्मेदवारी दिने तयारी गरेको बताएका छन् ।

अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन भन्ने नारालाई आत्मसाथ गर्दै आफू अघि बढेको गुरुङले बताए । नेता गुरुङ कास्की क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधि छन् ।

Published : Tuesday, 2026 November 17, 9:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया