गगनको ‘भण्डारखाल पर्व’मा परेका गुरुद्वारा डा.यादवसँग भेटवार्ता

जनकपुर । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पूर्वराष्ट्रपति डा.रामवरण यादवसँग भेटवार्ता गरेका छन् ।

गगन थापाको तथाकथित विशेष महाधिवेशनलाई साथ दिएका नेता घिमिरेले आइतबार जनकपुरस्थित ब्रह्मपुरी निवासमा डा.यादवसँग भेट गरेका हुन् । घिमिरे र डा.यादवले तथाकथित विशेष महाधिवेशनलाई साथ दिएका थिए ।

गगनले महाधिवेशनका बेला नेता घिमिरेलाई साथ र सहयोग गरेका थिएनन् । गगनका कारण घिमिरेलाई महामन्त्रीमा हराइदिएका थिए ।

तथाकथित विशेष महाधिवेशन गर्ने क्रममा घिमिरेले गगनलाई साथ दिएका थिए । गगनले विश्वप्रकाश शर्मालाई वरिष्ठ उपसभापतिमा सर्वसम्मत बनाएर ल्याए । तर, घिमिरेलाई महामन्त्रीमा साथ दिएनन् । गगनले घिमिरेलाई पनि वरिष्ठ महामन्त्री पद सिर्जना गरेर सर्वसम्मत बनाएर ल्याउन सक्ने थिए ।

बदलिएको २.० कांग्रेसमा गगनले घिमिरेलाई हराएर ‘भण्डारखाल पर्व’को प्रकरण गरेको चर्चा छ । घिमिरेले गगनको विषयमा बल्ल चालपाएका छन् ।

Published : Sunday, 2026 November 15, 12:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया