लुम्बिनी कांग्रेसको अधिवेशन मंसिर ७ गते, सभापति देउवाले उद्घाटन गर्ने, तयारी बैठकमा सांसदहरू सहभागी
मसुरिया । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेश अधिवेशनको सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन् ।
सोमबार दाङको देउखुरी, पाखापानीस्थित होटल पौवामा बसेको नेपाली कांग्रेस लुम्बिनी प्रदेश महाधिवेशन तयारी समितिको बैठकले मंसिर ७ गते अधिवेशन गर्ने निर्णय भएको सदस्य सचिव बमबहादुर डीसीले जानकारी दिएका छन । अधिवेशनको सभापति देउवाले उद्घाटन गर्नेछन् । अधिवेशनमा नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समितिका संयोजक प्रा डा शशांक कोइरालासहितका नेताहरूको पनि सहभागिता रहनेछ ।
अधिवेशनको तयारीका लागि विभिन्न समितिहरू गठन समेत भएको सदस्य सचिव डीसीले बताए । अधिवेशन मंसिर ७ गते उद्घाटन हुनुभन्दा दुई दिन अगाडिदेखि नेताहरूले आन्तरिक गृहकार्य हुनेछ ।
बैठकमा लुम्बिनी कांग्रेसका संयोजक एवम् केन्द्रीय सदस्य गेहेन्द्र गिरी, लुम्बिनी प्रदेश सभा सदस्य (सांसद) एवम् पूर्वमन्त्री रोज राणा, लुम्बिनी प्रदेश सभा सदस्य (सांसद) माया पुन, लुम्बिनी प्रदेश सभा सदस्य (सांसद) मीनाकुमारी बोहरा सिद्धिकी, लुम्बिनीका १२ जिल्लाका सभापति र केन्द्रीय संयोजक लगायत शेरबहादुर देउवा पक्षीय नेताहरूको सहभागिता रहेको नेपाली कांग्रेस लुम्बिनी प्रदेश तयारी समितिका सदस्य सचिव डीसीले जानकारी दिएका छन् ।
लुम्बिनी कांग्रेसको अधिवेशनको भव्य तयारी भइरहेको छ । बैठकमा लुम्बिनीका सबै १२ जिल्लाका सभापति र अगुवा नेताहरूको सहभागिता रहेको थियो ।
देउवा पक्षमा लुम्बिनी प्रदेश सभाका सदस्य (सांसद) एवम् पूर्वमन्त्री रोज राणणा शुरुदेखि नै खुलेर लागेका छन् । सोमबारको लुम्बिनी प्रदेश अधिवेशन तयारी बैठकमा थप दुई सांसद पनि सहभागी भएर खुलाका छन् । प्रदेश सांसदद्वय माया पुन र मीनाकुमारी बोहरा सिद्धिकी देउवा पक्षमा खुलेका हुन् । माया र मीना समानुपातिक सांसद हुन् । उनीहरूले आफ्नो सांसद पदको प्रवाह नगरी देउवा पक्षमा खुलेर राजनीतिक इमानदारिता र संस्कार देखाएका छन् ।
मंसिर ५ गते गण्डकी प्रदेश कांग्रेसको देउवाले उद्घाटन गर्नेछन् । लुम्बिनीपछि मंसिर ७ गते, १३ गते कर्णाली, १४ गते मधेश, १५ गते सुदूरपश्चिम, १७ गते कोशी र १९ गते बागमती प्रदेशको अधिवेशन हुनेछ । सभापति देउवा सातै प्रदेशका अधिवेशनहरूमा सहभागी हुनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया