लुम्बिनी कांग्रेसको अधिवेशन तयारीका लागि बैठक, थप दुई सांसद देउवा पक्षमा खुले, राजनीतिक संस्कार देखाए

काठमाडौं । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेश अधिवेशनको पूर्व तयारी बैठक बसेको छ ।

सोमबार दाङको देउखुरी, पाखापानीस्थित होटल पौवामा बैठक बसेको हो । बैठकमा लुम्बिनी कांग्रेसका संयोजक एवम् केन्द्रीय सदस्य गेहेन्द्र गिरी, लुम्बिनी प्रदेश सभा सदस्य (सांसद) एवम् पूर्वमन्त्री रोज राणा, लुम्बिनी प्रदेश सभा सदस्य (सांसद) माया पुन, लुम्बिनी प्रदेश सभा सदस्य (सांसद) मीनाकुमारी बोहरा सिद्धिकी, लुम्बिनीका १२ जिल्लाका सभापति र केन्द्रीय संयोजक लगायत शेरबहादुर देउवा पक्षीय नेताहरूको सहभागिता रहेको नेपाली कांग्रेस लुम्बिनी प्रदेश तयारी समितिका सदस्य सचिव बमबहादुर डीसीले जानकारी दिएका छन् ।

लुम्बिनी कांग्रेसको अधिवेशनलाई सभापति शेरबहादुर देउवाले गर्ने तयारी छ । लुम्बिनी कांग्रेसको अधिवेशनको भव्य तयारी भइरहेको छ । लुम्बिनीका सबै १२ जिल्लाका सभापति र अगुवा नेताहरूको सहभागिता रहेको छ ।

देउवा पक्षमा लुम्बिनी प्रदेश सभाका सदस्य (सांसद) एवम् पूर्वमन्त्री रोज राणणा शुरुदेखि नै खुलेर लागेका छन् । सोमबारको लुम्बिनी प्रदेश अधिवेशन तयारी बैठकमा थप दुई सांसद पनि सहभागी भएर खुलाका छन् । प्रदेश सांसदद्वय माया पुन र मीनाकुमारी बोहरा सिद्धिकी देउवा पक्षमा खुलेका हुन् । माया र मीना समानुपातिक सांसद हुन् । उनीहरूले आफ्नो सांसद पदको प्रवाह नगरी देउवा पक्षमा खुलेर राजनीतिक इमानदारिता र संस्कार देखाएका छन् ।

Published : Monday, 2026 November 16, 2:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया