इलाम कांग्रेसको जिल्ला सभापतिमा सोनाम छिरिङकाजी सर्वसम्मत निर्वाचित

फिक्कल । नेपाली कांग्रेस इलामको जिल्ला अधिवेशनबाट सभापतिमा सोनाम छिरिङकाजी सर्वसममत निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत बिहीबार इलाममा सम्पन्न अधिवेशनले जिल्ला सभापतिमा सोनाम छिरिङकाजीलाई सर्वसम्मत निर्वाचित गरेको निर्वाचन समितिले जनाएको छ ।

दुई उपसभापतिमा कृष्ण श्रेष्ठ र नगेन्द्र बुढाथोकी, सहसचिवमा लक्ष्मण कार्की तथा सदस्यहरूमा नन्दकुमार राई, ज्ञानबहादुर राई, इन्दिरा दास, पदमबहादुर गिरी र चन्द्रकला बराल बास्कोटा सर्वसम्मत निर्वाचित भएका छन् ।

कार्यसमितिका अन्य पदाधिकारी र सदस्यहरूलाई सभापति सोनाम छिरिङकाजीले मनोनयन गर्नेछन् ।

नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतको प्रमुख आतिथ्यतमा सम्पन्न भएको अधिवेशनमा नेतृ महिन्द्र लिम्बु, सुजाता परियार, लक्ष्मी खतिवडा, खोटाङ कांग्रेसका सभापति रोजन राईसहितका नेताहरूको उपस्थिति रहेको नेतृ अम्बिका बास्कोटाले बताएकी छिन् ।

Published : Friday, 2026 November 20, 9:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया