कांग्रेसद्वारा लोकतान्त्रिक उद्योग वाणिज्य संघको अध्यक्षमा डा.थपलियालाई मनोनयन

काठमाडौं । नेपाली कांग्रेसले नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको अध्यक्षमा डा.रामशरण थपलियालाई मनोनयन गरेको छ ।

नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले डा.थपलियालाई संघको अध्यक्षमा मनोनयन गरेका हुन् ।

काठमाडौं निवासी डा.थपलियालाई ६ महिनाभित्र संघको अधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको छ ।

Published : Friday, 2026 November 20, 8:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया