लुम्बिनी कांग्रेसको अधिवेशन सोमबार, सभापति देउवाले उद्घाटन गर्ने

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको अधिवेशनलाई सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन् ।

सोमबार दाङको देउखुरी उपत्यका पाखापानीमा देउवाले अधिवेशनको उद्घाटन गर्नेछन् । अधिवेशनलाई नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि, मोहनबहादुर बस्नेत, एनपी साउद, जीतजंग बस्नेतसहितका नेताहरुले सम्बोधन गर्नेछन् ।

लुम्बिनी कांग्रेसको अधिवेशन पाखापानीस्थित होटल पौवामा सोमबार बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । अधिवेशनलाई व्यवस्थित बनाउन लुम्बिनी कांग्रेसका संयोजक गेहेन्द्र गिरी र सदस्य सचिव बमबहादुर डीसीसहितका नेताहरुले नेतृत्वदायी भूमिका खेलेका छन् ।

Published : Sunday, 2026 November 22, 10:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया