तेस्रो वरीयताका मन्त्री श्रेष्ठलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा प्रस्थान गरेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री शाहले उर्जामन्त्री श्रेष्ठलाई दैनिक कार्यसञ्चालनका लागि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन् । प्रधानमन्त्री शाह आइतबार २ दिने भारत भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।

दोस्रो वरीयताका अर्थमन्त्री स्वर्णिम वाग्ले पनि प्रधानमन्त्री शाहसँगै भारत भ्रमणका लागि प्रस्थान गरेका छन् । वाग्ले पनि नभएपछि तेस्रो वरीयताका श्रेष्ठलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।

Published : Sunday, 2026 November 22, 5:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया