प्रधानमन्त्रीज्यू चीन भ्रमणमा गएको टोलीभित्रै तपाईंलाई सिध्याउन सक्रिय रहेछन् : तरुण अध्यक्ष लामा
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष दिल लामाले प्रधानमन्त्री बालेन्द्र शाहलाई आफ्नै पार्टीभित्रको राजनीतिक गतिविधि र चीन भ्रमणमा गएको टोलीबारे समयमै सचेत हुन सुझाव दिएका छन् ।
अध्यक्ष लामाले प्रधानमन्त्री शाहलाई लक्षित गर्दै चीन भ्रमणमा गएको टोलीभित्रै रहेका आफ्नै पार्टीका सांसदहरू प्रधानमन्त्री शाहलाई सत्ताबाट हटाउने गतिविधिमा सक्रिय रहेको आशय व्यक्त गरेका छन् ।
उनले सामाजिक तथा राजनीतिक परिस्थितिलाई समयमै बुझ्न प्रधानमन्त्रीलाई आग्रह गर्दै भनेका छन्, ‘भनेपछि चीन भ्रमणमा गएको टोलीभित्र तपाईंलाई सिध्याउन सक्रिय रहेछन्, तपाईंकै पार्टीका घण्टीका सांसदहरू भनेर बुझ्नुस् प्रधानमन्त्री बालेन्द्र शाहज्यू । छिटो बुझ्नुस्, ढिलो गर्दा गन्तव्यमा नपुगिएला ।’
अध्यक्ष लामाले प्रधानमन्त्री शाहलाई जनताले पाँच वर्षसम्म शासन सत्ता सञ्चालन गर्ने जिम्मेवारीसहित मत दिएको स्मरण गराउँदै अडियो वा अन्य विवादले नभई जनताको मतले सरकार बनेको टिप्पणी गरेका छन् ।
लामाले भने, ‘५ वर्ष जनताले तपाईंलाई शासन सत्ता चलाउन भोट दिएका हुन्, चलाउनुस् मज्जाले । अडियोले दिएको होइन मत ।’
अध्यक्ष लामाको यो अभिव्यक्तिले प्रधानमन्त्री शाहलाई आफ्नै पार्टीभित्रको राजनीतिक परिस्थिति र सम्भावित चुनौतीप्रति सचेत रहनुपर्ने सन्देश दिएको छ ।
जनमतबाट प्राप्त जिम्मेवारीलाई आत्मविश्वासका साथ पूरा गर्नुपर्ने उनको भनाइको मूल आशय देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया