सत्र बर्षदेखि फरार मनिल सिटौलालाई सीआईबीद्वारा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले लागुऔषध (खैरो हिरोइन) मुद्दाका फरार प्रतिवादी बर्ष ३८ का मनिल सिटौलालाई १७ वर्षपछि पक्राउ गरेको छ ।

लागुऔषध मुद्दामा पर्सा जिल्ला अदालतको २०६७ असार १ गतेको फैसलाले नुवाकोटको खानीगाउँ घर भई हाल काठमाडौंको टोखा नगरपालिका ७ बस्ने मुरारी सिटौलाको छोरा मनिल सिटौलालाई कैद तथा जरिवाना फैसला भएको थियो ।

अदालतबाट मनिल सिटौलालाई ५ वर्ष कैद र रु. ५ हजार जरिवाना ठहर भएको थियो । उक्त सजाय बेरुजू भई फरार रही काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा सीआईबीको टोलीले असोज १६ गते पक्राउ गरेको सीआईबीको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

मनिल सिटौलालाई काठमाडौं महानगरपालिका वडा नं. ११, बबरमहलबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत, बबरमहलमा पेस गरिएको छ ।

उनलाई अदाललते कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा पठाएको छ ।

Published : Friday, 2026 October 2, 10:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया