गिरिजाप्रसादले शंका गरिएका गगन–विश्वप्रकाशको कुवेलाको विषेश महाधिवेशनले कांग्रेस ढल्यो

दामोदर गौतम, नेता, नेपाली कांग्रेस

वि.सं. १९७१ साल भाद्र २४ गते, यस धराधाममा अवतरण हुनुभएको महामानव विश्वेश्वरप्रसाद कोइरालाज्यूले नेपाल राष्ट्रका लागि गर्नु भएका इतिहासिक र साहित्यका बारेका संघर्षहरू आज उल्लेख गर्न सम्भव छैन । तर, पनि आजको पवित्र दिनमा वहाँले नेपाल राष्ट्रका लागि कोर्नु भएको मार्गचित्र हामी जस्ता नेपालीले स्मरण गर्नै पर्छ । वहाँको मार्गचित्र छोटकरीमा स्मरण गरौँ ।

(१) राष्ट्रियता, प्रजातन्त्र र समाजवाद मूल आदर्श ।

आम नेपालीलाई १५ बर्षभित्र वीपी सरहको नेपाली बनाउने जस्तो गास, वास, कपास, स्वास्थ्य र शिक्षाको पहुँच वीपीको परिवार सरहको होस् । यसको लागि संवैधानिक राजतन्त्रको नेतृत्वमा असंलग्न परराष्ट्र नीतिका आधारमा योजना बनाउँदा हिराको श्रीपेच लाएको राजाको तस्बिरसँगै जेठ, असारको धुपमा पसिनाको धारा बगाउँदै घेरा फाटेको टोपी र पिठ्यूँ देखिने भोटो लाएको खेत जोतीरहेको किसानको फोटो हेरेर त्यो किसान र मजदुरलाई हेरी राष्ट्रको बजेट बनाउने अठोट लिएका वीपीका नीति र आदर्शका विरुद्ध २००७ सालदेखि नै, राजा, मातृकाप्रसादको प्रयोग, २०१७ सालमा राजा महेन्द्र र जवाहरलाल नेहरू, कांग्रेसभित्र सूर्यप्रसाद, तुल्सी गिरि, विश्वबन्धु थापा त्यसपछि धेरै तथाकथित कांग्रेसहरू पञ्चायत प्रवेश, २०३९ सालमा वीपीधाम गमनपछि वहाँले भन्नु भएको प्रजातान्त्रिक आन्दोलन गर्दा देशीविदेशीको सहयोग नलिने र नेपालका कम्युनिस्टहरूसँग नमिल्ने त्यस नीतिलाई २०४२ को सत्याग्रह, २०४६/०४७ प्रथम जनआन्दोलमा गणेशमान ज्युले छोड्नु भयो ।

२०४९/५० गिरिजाप्रसाद कोइरालालाई हटाएर पार्टी फुटाउने कुरा गर्दा किशुनजीले मान्नु भएन । पार्टी नै छाडेर अर्कै पार्टी खोल्न लगाउनु भयो गणेशमानजीले । २०५८÷५९ मा शेरबहादुर हटाउन गिरिजाप्रसादजीले पार्टी फुटाउनु भयो । येनकेन चल्दै आएको नेपाली कांग्रेस पार्टीलाई २०८२ सालमा आएर पहिलेदेखि नै गिरिजाप्रसादले शंका गर्नु भएका गगन थापा, विश्वप्रकाश शर्माहरूले गर्नु भएको कुवेलाको विषेश महाधिवेशन र त्यसले पास गरेको प्रतिज्ञा (नेपाली कांग्रेस इतिहासमा घोषणा पत्र भनिन्थ्यो) पत्रका केही भाग फोटो मै राखि दिएको छु । जहाँ वीपीले प्रतिपादन गर्नु भएको नीति र सिद्धान्तको डाडो उल्घंन गरिएका छन् ।

जस्तो (१) वीपीको मूल सिद्धान्त समाजवादलाई पर सारी सामाजिक न्याय र साझा समुन्नति उल्लेख छ । (२) २०८२ भाद्र २४ गते राष्ट्र जलाए कलंकित दिनलाई सम्पूर्ण रुपले आत्मसात गरेको छ । के भाद्र २३/२४ को नेतृत्व नेपाली कांग्रेस (गगन)ले गरेको हो ?

(३) के नेपालको असंलग्न परराष्ट्र नीतिलाई कसका भलाई लागि छोडेको हो ?

(४) उक्त प्रतीज्ञापत्रमा शेरबहादुर देउवाको नाम उल्लेखसम्म छैन । पार्टीको सभापति र प्रधानमन्त्री समेत भई गगन थापा नजन्मदै २०२८ सालमा पञ्चायती मण्डललेहरूले मारेर फालेको र पछि होसमा आउनु भएको बिर्सन मिल्छ ? अनि शेरबहादुर देउवाले गरेका राष्ट्रिय सुधारका हलिया, कमैया, मोही तलसिंको आधा आधा (४) कमलरी प्रथा अन्त (५) गुठीको रैतानी (६) मूल रुपले पास नगर्नु (७) असंलग्न परराष्ट्र नीतिमा अडिग रहनु जस्ता धेरै राष्ट्रहितमा आजसम्मका प्रधानमन्त्री का तुलना के प्रतीज्ञा पत्रमा उल्लेख गर्न नेपाली कांग्रेस र गगन, विश्वप्रकाशका नाक जान्थ्यो कि रहन्थ्यो ? अनि शेरबहादुर देउवालाई भैगो नमार भनि तीनै विध्वंसकारीबाट बचाएको सख्त घाइते भएको र सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, सबै पार्टीकार्यालयहरू, धेरैको घर सम्पत्ति जलाएकोमा गगन र विश्वप्रकाशबाट कुनै बक्तव्य वा खेद ब्यक्तको कुरा छाडौं बरु समर्थन र आत्मसात गर्नु खेदजनक हो ।

स्मरण रहोस् मैले शेरबहादुर देउवालाई भोट हालेको कांग्रेस होइन । खाली न्याय संगत कुरा राखेको हुँ । यी इतिहासका घटना र वीपीको अठोटहरू बाहिर परेकोमा मलाई त यो ८२ बर्ष लाग्न लागेको कांग्रेसमा गम्भीर चिन्ता लागेको छभने वीपी कति चिन्तित हुनु भएको होला ? त्योभन्दा पनि देशीविदेशीका योजनामा पार्टी नै भिभाजन गर्ने, गराउने देखिँदा झन् चिन्ता बढाएको छ ।

यदि पार्टी फुटाउने काम भयो भने राष्ट्र संकटमा छ, आउँछ, जान्छ । यसको दुष्परिणाम भोग्न पार्टी संस्थापन पक्षमा रहनेहरू नै जिम्मेवार हुनेछन् । पार्टी फुटाउनेहरूलाई कति कठिन पर्ला सबै कांग्रेसहरूले होस् गरौं । २०८२ सालको गगन, विश्वप्रकाशले प्रकाशनमा ल्याएको प्रतीज्ञा पत्र सबै नेपाली कांग्रेसले मात्र होइन सबै राष्ट्रवादी नेपालीहरूले पढुन् । मैले त वीपी कोइरालाको बाटो त्यस पत्रमा देखिन । बरु बाटो छोडेको देखे । वी.पी. मार्गलाई छोडने अनि वी.पी.को जुत्तामा खुट्टा हालेको छुभन्न सुहाउला ? तपाईंहरूलाई के लाग्छ अध्ययन गर्नु होला । वीपी अमर रहुन् ! वीपीवाद जिन्दावाद ! वीपीको स्मृतिमा ! जय नेपाल ! जय शम्भु !

Published : Saturday, 2026 September 19, 11:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया