ओखलढुङ्गा घर भएका ८ करोड ४२ लाख बैंकिङ कसूरका फरार प्रतिवादी ललितपुरबाट पक्राउ

काठमाडौं । ८ करोड ४२ लाख बिगो भएको १२ वटा बैंकिङ कसूरसम्बन्ध मुद्दामा २ वर्ष १४ दिन कैद र ६२ लाख जरिवाना ठहर भएका फरार प्रतिवादी ४८ वर्षीय शेरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रहरी उपरीक्षक रामेश्वर कार्कीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार मगरलाई ललितपुर महानगरपालिका वडा १० बाट पक्राउ गरिएको हो ।

ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नं. ३ घर भई मगर हाल काठमाडौंको वडा नं. ३२ मा बस्दै आएका थिए । उनलाई असोज ८ गते बिहीबार पक्राउ गरेर प्रहरीले फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेको जनाएको छ ।

राजु खड्का समेतको जोहरीले मगरलाई कैद र जरिवाना सजाय भएको थियो । अदालतको फैसलापछि मगर फरारह रहेका थिए ।

Published : Friday, 2026 September 25, 10:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया