युवतीको अश्लील भिडियो बनाइ सेयर गर्ने न्यौपाने काठमाडौंबाट पक्राउ
मान्मा । जिल्ला प्रहरी कार्यालय, कालीकोटले युवतीको अश्लील भिडियो बनाइ सामाजिक सञ्जालमा सार्वजनिक गरेको अभियोगमा खगेन्द्रप्रसाद न्यौपानेलाई काठमाडौंबाट पक्राउ गरेको छ ।
न्यौपानेलाई बिद्युतीय कारोवार अन्तर्गत कसूर मुद्दामा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको कालीकोट प्रहरीका प्रहरी निरीक्षक बरमा यादवद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पीडित युवतीको जाहेरीले कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं.३ बस्ने बर्ष ३७ का न्यौपानेलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
न्यौपानेले पीडित जाहेरवाली युवतीको अश्लील भिडियो रेकर्ड गरी विभिन्न व्यक्तिहरूलाई देखाउने, सेयर गर्ने गरेको अभियोग लागेको छ ।
न्यौपानेलाई काठमाडौंको टोखा नगरपालिका वडा नं.३ धनेश्वरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कालीकोटमा ल्याई थप आवश्यक अनुसन्धान कार्य भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त अश्लील भिडियो धेरै जनमानसको डिजिटल उपकरण तथा सामाजिक संञ्जालमा समेत हुन सकने भएकोले यस प्रकारको भिडियो सेयर गर्ने, प्रचारप्रसार गर्ने व्यक्ति तथा सामाजिक संञ्जालप्रयोगकर्ताहरूलाई प्रचलित कानून बमोजिम कारवारवाही हुने प्रहरीले जनाएको छ ।
पीडित युवतीको गोपनीयता, मर्यादा तथा सम्मानको संरक्षणका लागि उक्त भिडियो वा सोसंग सम्बन्धित कुनै पनि सामाग्री शेयर, डाउनलोड वा प्रचारप्रसार नगर्न नगराउन हुन कालीकोट प्रहरीले अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया