दुई अर्ब १६ करोडको अबैध कारोबारमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं । क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले २८ वर्षीय सुनिलकुमार यादवलाई पक्राउ गरेको छ ।

धनुषाको सबैला नगरपालिका–१२ घर भएका यादवलाई प्रहरीले पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विभिन्न विद्युतीय माध्यम तथा अनलाइन बेटिङ एप्लिकेसन मार्फत सट्टेबाजी खेल्ने÷खेलाउने र अवैध रूपमा क्रिप्टो करेन्सीको ठूलो कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले यादवलाई पक्राउ गरेको प्रेस विज्ञप्तिमार्फत् जनाएको छ ।

क्रिप्टो करेन्सीको अबैध कारोबारमा संलग्न यादवलाई जिल्ला प्रहरी कार्यालय, धनुषाको समन्वयमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रारम्भीक अनुसन्धानको क्रममा यादवले हालसम्म २ अर्ब १६ करोड १ लाख २० हजार ८ सय २१ रूपियाँ बराबरको क्रिप्टो कारोबार गरेको खुल्न आएको छ ।

यादव उपर अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Friday, 2026 October 30, 12:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया