पत्नी हत्या गरेको अभियोगमा शेर्पा पक्राउ

चैनपुर । जिल्ला प्रहरी कार्यालय, संखुवासभाले हत्याको अभियोगमा ४८ वर्षीय तेम्बा रिन्जे शेर्पालाई पक्राउ गरेको छ ।

आफ्नै श्रीमती ४९ वर्षीया मिङ्माछिकी शेर्पाको हत्या गरेको अभियोगमा चैनपुर नगरपालिका वडा नं. १ नुनढाकी थर्पु बस्ने तेम्बा रिन्जे शेर्पालाई बुधबार बिहान पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

तेम्बाले कुटपिट गरी मिङ्माछिकीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चैनपुर समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

हत्याको घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Wednesday, 2026 October 28, 8:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया