ललितपुर र चितवनमा जुवातास खेल्ने १७ जनाको समूह पक्राउ

ललितपुर । जिल्ला प्रहरी परिसर ललितपुरले जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ ।

महालक्ष्मी नगरपालिका–४ ढुङगेसाँघु इमाडोलस्थित होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४९ वर्षीय अश्मिन केसी समेत ४ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ८ सय रूपियाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

उता, चितवनको भरतपुर महानगरपालिका–२ क्षेत्रपुर डेरा गरी बस्ने धनुषा घर भएका ३६ वर्षीय विशाल चौधरीको कोठामा जुवातास खेलिरहेको अवस्थामा विशाल समेत ८ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १७ हजार ४ सय रूपियाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

चितवनकै भरतपुर महानगरपालिका–२२ पटिहानीस्थित होटल रिभरसाइडमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक सोही ठाउँ बस्ने ५० वर्षीय प्रेम ठकुरी समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई नगद १ लाख ६८ हजार ६ सय ३५ रूपियाँ र ३ बुक ताससहित पक्राउ गरेको विज्ञप्तिमार्फत् जनाएको छ ।

Published : Tuesday, 2026 October 20, 2:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया