काठमाडौंमा गोली प्रहार गरी लागुऔषधका सप्लायर्सलाई पक्राउ
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध ब्यूरो, कोटेश्वरले गोली प्रहार गरेर ४१ वर्षीय बासुर्दिन मियाँलाई पक्राउ गरेको छ ।
मंगलबार ब्यूरोको प्रहरी टोलीले काठमाडौंको तार्केश्वर नगरपालिका वडा नं. ४ मा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. ३१ निवासी मियाँलाई गोली गोली प्रहार गरेर नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक जीवन निरौलाले बताए । ब्यूरोले दुई राउण्ड गोली प्रहार गरेको जनाएको छ ।
भारतबाट वीरगञ्जको रक्सौल नाका हुँदै काठमाडौं उपत्यकामा लागुऔषध सप्लाई गर्ने गिरोहको निगरानी गर्ने क्रममा मियाँलाई ब्यूरोले नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेका मियाँसँग प्रहरीले लागुऔषध खैरो हेरोईन ३ सय ग्राम, मोबाइल लगायतका सामग्री बरामद गरेको छ । मियाँले बिगत ३ महिनादेखि २ सय ग्रामको दरले ५÷६ पटकसम्म काठमाडौं उपत्यकामा लागुऔषध खैरो हेरोईन सप्लाई गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया