चार करोडको बैंकिङ् कसूरमा फरार न्यौपाने सिर्जना टोलीबाट पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ् कसूरको मुद्दाका फरार प्रतिवादी वर्ष ६३ का दीपकचन्द्र न्यौपानेलाई पक्राउ गरेको छ ।
सीआईबीको टोलीले बिहीबार भक्तपुरको सिर्जना टोलीबाट न्यौपानेलाई पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपमशम्शेर जबराद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
राधा पाण्डेयको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी न्यौपाने भएको बैंकिङ्ग कसूर मुद्दामा झापा जिल्ला अदालतको २०८१ वैशाख ७ गतेको फैसलाले कैद तथा जरिवाना सजाय तोकेका थियो ।
भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ३ बस्ने न्यौपानेलाई चार करोड रुपियाँ बिगो तथा बिगो बमोजिमको जरिवाना र १ (एक) महिना १५ (पन्ध्र) दिन कैद ठहर भएको थियो ।
उक्त सजाय बेरुजू भई फरार रही काठमाडौं उपत्यकाको विभिन्न स्थानहरूमा लुकिछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा सीआईबीको टोलीले बिहीबार भक्तपुरको सृजना टोलबाट पक्राउ गरेको थियो ।
पक्राउ परेका न्यौपानेलाई सीआईबीले फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालतमा पेश गरिएको जनाएको छ ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया