ललितपुरमा स्रोत नखुलेको ठूलो परिमाणको रकम बरामद
काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले ठूलो परिमाणको स्रोत नखुलेको रकमसहित ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले १ करोड ६७ लाख ३३ हजार २ सय ३० रुपियाँसहित तीन जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका वडा नं. १० चापागाउँका ३२ वर्षीय जयराम केसी, भोजपुरको भोजपुर नगरपालिका वडा नं. ३ घर भइ हाल काठमाडौंको कोटेश्वरमा बस्ने वर्ष ३१ का दीपक खड्का र काठमाडौंको बानेश्वर घर भइ हाल बत्तीसपुतली बस्दै आएका २९ वर्षीय प्रज्वल रिजाल रहेको प्रहरी उपरीक्षक रामेश्वर कार्कीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले महेन्द्र कम्पनीको बागमती प्रदेश ०१–०२७ च २७६५ नम्बरको मिनी कन्टेनर गाडीलाई नियन्त्रणमा लिएको छ ।
मंसिर १ गते ललितपुरको नख्खु दोबाटो चोकबाट सातदोबाटोतर्फ जाँदै गरेको गाडीलाई चेकजाँच गर्दा स्रोत नखुलेको रकम बरामद भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया