चिनियाँ नागरिक विमानस्थलबाट ठूलो परिमाणको अबैध रकमसहित पक्राउ
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करीव ४६ लाखभन्दा धेरै अबैध मुद्रासहित चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ ।
मंगलबार क्याथे प्यासिफिक एयरवेजमार्फत् हङकङ जान लागेका ७२ वर्षीय चिनियाँ नागरिक सुओलङ्गलाई अबैध ४६ लाख ३७ हजार नगदसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक राजकुमार सिलवालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
चिनियाँ नागरिकको साथबाट प्रहरीले चिनियाँ, नेपाली, अमेरिकी, हङकङ, युरो र अष्ट्रेलियन डलरसहित नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका चिनियाँ नागरिकलाई प्रहरीले आवश्यक कानूनी कारबाहीको लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, ललितपुरमा पठाएको छ ।
Published : Wednesday, 2026 October 7, 10:14 pm
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया