जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङले १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ ।

दुर्गाथली गाउँपालिका–४ रन्थोली बस्ने २५ वर्षीय बरूण जोशीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बरूणले ती बालिकालाई जबरजस्ती करणी गरेको अभियोग छ । पीडितको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दुर्गाथलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Published : Friday, 2026 October 16, 11:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया