श्रीमानको शव फेला, भान्साकोठामा श्रीमती घाइते
हेटौँडा । मकवानपुर जिल्लामा श्रीमानको शव झुण्डिएको अवस्थामा फेला परेको छभने श्रीमती घाइते अवस्थामा फेला परेकी छिन् ।
कात्तिक ६ गते बिहान अन्दाजी १ बजेर ४५ मिटनको घटनाको जानकारी भएको थियो । हेटौँडा उपमहानगरपालिका वडा नं. ८ भावना मार्गमा बस्ने अन्दाजी बर्ष ४५ का शंकर कार्की र उनकी श्रीमती अन्दाजी बर्ष ४० कि चरीमाया कार्कीबीच बिबाद झगडा भएको प्रहरीले जनाएको छ ।
उनीहरूको फोन नउठेको भन्ने खबर महिलाको रामेछापस्थित माईती पक्षले हेटौँडा उपमहानगरपालिका वडा नं. ९ लामसुरे बस्ने शंकर कार्कीकी दिदी भवानी महतलाई फोनमा जानकारी गराएका थिए ।
तत्काल दिदी भवानी महतले भाई–बुहारीको घरमा आई हेर्दा घरमा भित्रबाट चुकुल लगाएको अवस्था पाएकी थिइन् । भवानी महतलाई शंका लागेपछि स्थानीयलाई खबर गरेकी थिइन् ।
स्थानीयमार्फत प्रहरीमा खबर प्राप्त हुना साथ अस्थायी प्रहरी पोस्ट, हरियालीबाट प्रहरी टोली खटिएर उद्धार गर्नुका साथै घटनास्थलको सुरक्षा गरेको थियो ।
कोठामा ढोका फोडेर हेर्दा शंकर कार्की झुण्डिएको अवस्थामा मृत भएका थिए । उनकी श्रीमती चरीमाया कार्की भान्साकोठामा घाइते अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीका अनुसार भान्साकोठाको बाहिरबाट चुकुल लगाएको थियो । भान्साकोठा र झुण्डिएको कोठा एउटै घरभित्र छुट्टाछुट्टै कोठा रहेको प्रहरी भनाइ छ ।
घाइते चरीमाया कार्कीलाई उद्धार गरी उपचारको लागि हेटौँडा अस्पताल पठाएको थियो । चरीमाया कार्कीलाई थप उपचारको लागि छोराले चितवनतर्फ लगेका छन् ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, पशुपतिनगरबाट प्रहरी निरीक्षक किशोर आचार्यको कमाण्डमा टोली खटिएको छ ।
अस्पतालमा घाइते अवस्थामा चरीमाया कार्कीलाई प्रहरीले निगरानीमा राखेको छ । घटनास्थललाई पनि प्रहरीले सुरक्षित राखेर थप अनुसन्धान भइरहेको जनाएको छ ।
घाइते चरीमाया कार्कीको मुख, टाउको, दुबै खुट्टामा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ । घटना भएको समयमा घरमा श्रीमान र श्रीमती मात्र रहेका थिए ।
प्रहरीले घटनास्थलमा ढुङ्गाको लोहोरो, ईट्टा रगत लागेको अवस्थामा फेला परेको छ । शंकर कार्कीको झुण्डिएको अबस्थामा फेला परेको शवलाई पोस्टमार्टमका लागि कात्तिक ६ गते दिउँसो आफन्तको रोहबरमा सरकारी अस्पतालमा लैजाने कार्य भएको छ ।
बिचार/ब्लग
बिर्सनु हुँदैन : सरकार परिवर्तन न्याय होइन
डा. मनीष आचार्य

फेसबुकबाट तपाईको प्रतिक्रिया