दाङ कांग्रेसका पूर्वसभापति गौतम घोराही १७ र जिल्ला संयोजक शर्मा १८ बाट क्षेत्रीय प्रतिनिधि चयन

घोराही । शेरबहादुर देउवा पक्षीय नेताहरूको नेपाली कांग्रेस १५औँ नियमित महाधिवेशन दाङको क्षेत्र नं. २ अन्तर्गत घोराही उपमहानगरपालिकाका विभिन्न वडाहरूको अधिवेशन सम्पन्न भएको छ ।

शनिबार घोराही वडा नं. १७ को वडा अधिवेनबाट केशव भुसाल वडा सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् । सोही वडाबाट नेपाली कांग्रेस दाङका पूर्वसभापति वीरकेश्वर गौतम क्षेत्रीय प्रतिनिधि सर्वसम्मत निर्वाचितभएका छन् ।

शनिबार नै भएको घोराही वडा नं. १८ मा भएको वडा अधिवेशनबाट ओमबहादुर चन्द वडा सभापति निर्वाचित भएका छन् ।

वडा नं. १८ बाट नेपाली कांग्रेस दाङका जिल्ला संयोजक गोपालराज शर्मा क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत भएका छन् । नेता बद्री खड्का पनि क्षेत्रीय प्रतिनिधि सर्वसम्मत भएका छन् ।

घोराही उपमहानगरपालिका वडा नं. १५ को वडा अधिवेशनबाट यसअघि नेपाली कांग्रेस १५औँ महाधिवेशन लुम्बिनी प्रदेशका सदस्य सचिव बमबहादुर डाँगी क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भइसकेका छन् ।

Published : Saturday, 2026 October 3, 3:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया