कागेश्वरी मनोहरा नगरपालिकाकी इन्जिनियर दीपासहित ३ जनाविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी इन्जिनियर दीपा कार्कीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
घुस (रिसवत) लिई भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
स्ट्रक्चरल एनालाइसिसको काम स्वीकृत गरेबापत बार्गेनिङ गर्दै पटक–पटक दुःख हैरानी दिई सेवाग्राहीसँग घुस मागेको सूचनापछि आयोगको टंगालबाट खटिएको टोलीले कार्की र रकम लिई मध्यस्थको काम गर्ने आस्मा कार्कीलाई ६४ हजार रुपियाँसहित नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा दीपाले आस्मा र आशिष पौडेल समेतको मिलेमतोमा घर निर्माणको स्ट्रक्चरल एनालाइसिसका लागि २ लाख ८ हजार रुपियाँ घुस लिएको पुष्टि भएको थियो ।
आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी गरेको छ ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया