सुर्खेतमा कांग्रेसका केन्द्रीय सदस्य सुवास र जानकीले कार्यकर्ताबाट झण्डै कुटाइ खाए, ज्यान जोगाउन चिसापानी हुँदै फरार
वीरेन्द्रनगर । बदलिएको २.० नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुवासकुमार पोखरेललाई सुर्खेतमा आफ्नै पार्टीका कार्यकर्ताहरूले कुटपिटको प्रयास गरेका छन् ।
सुर्खेत क्षेत्र नं. २ को अधिवेशन गराउन भनेर बाबियाचौर आएका पोखरेलले आफ्नो दब्दबा देखाउँदै सर्वसहम्मत गरेर आफू निकटका नेताहरूलाई मात्रै महाधिवेशन प्रतिनिधि र क्षेत्रीय कार्यसमितिमा ल्याउने योजना बनाएपछि स्थानीय तरुण नेताहरूले बिरोध गरेर नाराबाजी र होहल्ला गरेका थिए । बुधबार सुर्खेत आएका नेता पोखरेल शुक्रबार चिसापानीको बाटो हुँदै सुर्खेत छाडेर भागेका छन् ।
नेपाल तरुण दल सुर्खेतका एक नेताका अनुसार अधिवेशन गराउन भनेर आएका र आफ्ना मान्छेलाई मात्रै राखेर सहमतिको नाममा टीके गतिविधि गरेपछि स्थानीय तरुण नेता र पार्टीका साथीहरूले होहल्ला तथा धक्कामुक्का गरेर केन्द्रीय सदस्यद्वय पोखरेल र जानकी सिंहलाई महाधिवेशनस्थलबाट लखेटेका हुन् । नेतृ जानकी सिंहले अप्रिय शब्द बोलेपछि आक्रोशित बनेका तरुणहरूले झण्डै हातपात गरेका थिए । जानकी सिंहमाथि भएको गतिविधि देखेपछि डराएका पोखरेल पनि अधिवेशन नगराएर टापकसेका थिए ।
तरुण दलका नेताहरूले सुर्खेत छाड्ने छोटो बाटो चिसापानी हुँदै सुर्खेत जिल्लाबाट भगाएको एक नेताले बताए । तरुण दलका ती नेताले भने, ‘सुवास पोखरेल र जानकी सिंहले सहमतिका नाममा आफ्नालाई च्याप्ने र अन्य नेताहरूलाई फाल्ने नीति लिएपछि झण्डै कुटाइ खानु भएको हो । तैपनि होहल्ला र धक्कामुक्काको प्रयास भएको छ । हामीले बचाएर पठाएका छौँ ।’
धक्कामुक्का र होहल्ला भएपछि तथा कुटाइखानबाट बाँचेपछि केन्द्रीय सदस्यद्वय सुवास पोखरेल र जानकी सिंहले बिहीबार सुर्खेत जिल्ला र महाधिवेशनस्थल छाडेर भागेका हुन् ।
खोटाङ जिल्ला घर भएका पोखरेल जिल्लामा अधिवेशन चलिरहँदा आफ्नै गाउँमा प्रवेश गर्न नसकेपछि सुर्खेतरित पुगेका थिए । आफ्नै जिल्लामा अधिवेशन भद्रगोल भएर पाँच दिनदेखि कार्यकर्ता बिचल्लीमा परिरहेका बेला उनी भने सुर्खेतको भाडभैलोमा पुगेको कांग्रेसकै नेता तथा कार्यकर्ताहरूले बताएका छन् ।
पश्चिममा भएको भेलामा पूर्वेली खेल देखाउन ‘सुपर हिरो’ बनेर पुगेका नेता पोखरेललाई आफ्नै कार्यकर्ताले झण्डै हातपात गरेपछि ज्यान जोगाउन चिापानी हुँदै काठमाडौं टाप ठोकेका छन् ।
पोखरेललाई खोटाङमा पनि ‘छुसी’ स्वभावको रूपमा लिने गरिएको उनका जिल्लाका नेताहरू बताउँछन् । पोखरेल भएको कार्यक्रम होस् वा अधिवेशन, जहिल्यै किचलो निकाल्ने गरेको नेताहरूको भनाइ छ । पोखरेल जहाँ जान्छन् त्यहाँ भाँडभैलो मच्चाउँछन् ।
नेता पोखरेलमाथि यसपटक जिल्लामा कांग्रेसका उम्मेदवारलाई भोट हाल्न नगएको आरोपसमेत लागेको छ ।
त्यस्तै, बालमन्दिरको जग्गा काण्डको हल्लीखल्ली पनि उत्तिकै चर्चामा छ । उक्त विषयको चर्चा चुलिएपछि गगनकुमार थापाले पोखरेललाई अनुशासन विभागको सदस्यबाट हटाएका थिए ।




बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया