गायिका घिमिरेको ‘माइतीको आँगन’ सार्वजनिक, झरना र दिप्साको नृत्य

काठमाडौं । गायिका निर्मला घिमिरेको नयाँ तीज गीत ‘माइतीको आँगन’ सार्वजनिक भएको छ ।

घिमिरेले आउँदै गरेको तीजलाई लक्षित गर्दै ‘माइतीको आँगन’ बोलको गीत रिलिज गरेकी हुन् । गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ । गीतका संगीत संयोजक रमेश सेञ्चुरी हुन् ।

गीतको म्युजिक भिडियोमा एक छोरीले वर्षौंदेखि भेट्न नपाएकी आफ्नी एकल आमालाई सम्झिएकी छिन् । बाबुको अनुपस्थितिमा आमाले एक्लै दुःख गरेर छोरी हुर्काएको प्रसंगलाई गीतमा भावनात्मक रूपमा प्रस्तुत गरिएको छ ।

नृत्य निर्देशक कमल राईको निर्देशनमा गीतको भिडियो तयार पारिएको छ । भिडियोमा नायिका झरना रिसाल र मोडल दिप्सा कार्कीले नृत्य गरेका छन् ।

शिव ढकालले छायांकन गरेको भिडियोका सम्पादक रामप्रसाद चौधरी तथा रंग संयोजक रेनिश फागो हुन् । भिडियोका निर्माता रंग पौडेल हुन् । गोपाल कटुवालले कार्यकारी निर्माता र सिजन रोकायाले सह–निर्माताको जिम्मेवारी सम्हालेका छन् ।

Published : Friday, 2026 September 4, 6:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया