‘माया भनेकै यस्तै होला’को प्रदर्शन मिति सर्यो, तिहारमा रिलिज गरिने
काठमाडौं । दिया एण्ड अमु फिल्मसले निर्माण गरेको चलचित्र ‘माया भनेकै यस्तो होला’को रिलिज मिति हाललाई सारिएको छ ।
आइतबार सामाजिक सञ्जालमार्फत् चलचित्रका नायक दिल श्रेष्ठले ‘माया भनेकै यस्तै होला’को रिलिज मिति हाललाई स्थगित गरिएको जनाएका छन् ।
‘माया भनेकै यस्तो होला’को प्रदर्शन मिति तिहारको अवसरमा कार्तिक २० गते शुक्रबारका दिन तय गरिएको नायक श्रेष्ठले बताएका छन् । तीज पर्वको अवसर पारेर चलचित्रलाई भदौ २६ गते रिलिज गर्ने तयारी भएको थियो ।
रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीको प्राकृतिक विपत्तिका कारण चलचित्रको रिलिज मिति हाललाई स्थगित गरिएको नायक श्रेष्ठले बताएका छन् । उनले भने, ‘मुलुकमा आइपरेको प्रतिकूल अवस्थालाई ध्यानमा राखेर पीडा र दुःखको समयमा चलचित्र रिलिज गर्न त्यति अनुकूल नदेखिएका कारण अब चलचित्र ‘माया भनेकै यस्तो होला’को रिलिज तिहारको अवसरमा कार्तिक २० गते शुक्रबारदेखि सार्वजनिक प्रर्दशनमा ल्याइने जानकारी पनि दिन चाहन्छौँ ।’
‘मुलुक रोइरहेको समयमा चलचित्र जस्तो मनोरञ्जनात्मक सामाग्री पस्कन हाम्रो मनले मानेन,’ नायक श्रेष्ठले भने, ‘पहिले जस्तै आगामी दिनहरूमा पनि यहाँहरूको साथ र माया पाउँने आशामा छौँ ।’
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया