घोराही कांग्रेसको अधिवेशन सम्पन्न, सभापतिमा विक्रमशम्शेर निर्वाचित
घोराही । नेपाली कांग्रेस १५औँ नियमित महाधिवेशन अन्तर्गत दाङको घोराही उपमहानगर अधिवेशन सम्पन्न भएको छ ।
बिहीबार घोराहीमा दाङ कांग्रेसका पूर्वसभापति वीरकेश्वर गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । पूर्वसभापति गौतमले कांग्रेसलाई विधिवत सञ्चालन र नयाँ पुस्तामा हस्तान्तरणका लागि पार्टीको विधानअनुसार चल्नुपर्ने बताए । सडकमा पार्टी कब्जा गरेर कांग्रेसलाई कमजोर बनाउने अधिकार कसैलाई पनि नरहेको उनले बताएका छन् ।
घोराही उपमहानगरपालिकाको नगर अधिवेसनले विक्रमशम्शेर महरालाई सभापतिमा सर्वसम्मत निर्वाचित गरेको छ । चुडामणि पाण्डेलाई सचिवमा निर्वाचित गरिएको नेपाली कांग्रेस दाङका संयोजक गोपालराज शर्माले बताएका छन् ।
अधिवेशनमा पूर्वसभापति गौतमका साथै विशिष्ट अतिथिमा कांग्रेस लुम्बिनी प्रदेशका सदस्य सचिव बमबहादुर डिसी, संयोजक गोपालराज शर्मा, दीपक न्यौपाने, शालिकराम आचार्य, दामोदर केसी, दिलिप आचार्य, निमा गन्धर्व, ओमबहादुर चन्द लगायतका नेताहरूले धारणा राखेका थिए ।
अधिवेशनमा शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया