पाँच किलोमिटर दौडका विजेतालाई प्रधान सेनापतिद्वारा पुरस्कार वितरण

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिताको उद्घाटन गरेका छन् ।

सोमबार ललितपुरको लगनखेलस्थित खेल मैदानमा आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देलले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

नेपाली सेनाभित्र रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान गरी उनीहरूको सिप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीहरू तयार गर्ने अभिप्रायका साथ वि.सं.२०६५ सालबाट प्रधान सेनापति ट्रफि सुरुवात भएको हो ।

एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल र जुडो गरी ८ वटा विधा समावेश गरी सञ्चालन भएको उक्त प्रतियोगितामा पृतना तथा बाहिनीका १४ वटा टिमहरू सहभागी छन् ।

प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न ५ किलोमिटर दौडमा महिलातर्फको विजेतामध्य पूर्वी पृतनाका प्यूठ निर्मला के.सी. र पुरुषतर्फका विजेता उत्तर पश्चिम पृतनाका सिपाही अर्जुन बुढालाई प्रधान सेनापतिले पुरस्कार वितरण गरेका छन् ।

Published : Monday, 2026 September 28, 4:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया