कैलालीमा देउवा पक्ष हाबी, घोडाघोडीको ११ वडामा अधिवेशन सम्पन्न, को-को बने सभापति ?
सुखड । शेरबहादुर देउवा पक्षीय नेताहरूले नेपाली कांग्रेस कैलालीको घोडाघोडी नगरपालिकाका १२ मध्ये ११ वटा वडामा वडा अधिवेशन सम्पन्न गरेका छन् ।
अधिवेशनबाट सबै वडामा वडा समिति तथा क्षेत्रीय प्रतिनिधि निर्विरोध चयन भएको नेता कलकजंग सिंहले जानकारी दिएका छन् ।
सिंहका अनुसार वडा नम्बर १ को सभापतिमा अबिलाल जैशी, २ मा चेत भण्डारी, ३ मा कमल चौधरी, ४ मा आइते रोकाया, ५ मा टेशनलाल चौधरी, ६ मा जगत साउद र ७ मा तुल्सीराम चौधरी निर्विरोध निर्वाचित भएका छन् ।
वडा नम्बर ९ मा मानबहादुर शाह, वडा नम्बर १० मा गोरखबहादुर सिंह, वडा नम्बर ११ मा गयाप्रसाद कठरिया र वडा नम्बर १२ मा सुन्दरप्रसाद कुश्मी वडा सभापतिमा निर्विरोध निर्वाचित भएको सिंहले बताए ।
देउवा पक्षले सार्वजनिक गरेको देशव्यापी कार्यतालिकाअनुसार घोडाघोडीका ११ वटै वडामा अधिवेशन सम्पन्न गरिएको हो ।
बाँकी रहेको वडा नम्बर ८ मा भने आइतबार अधिवेशन गरिने सिंहले जानकारी दिएका छन् ।
सिंहका अनुसार अधिवेशन सम्पन्न भएका सबै वडामा वडा कार्यसमितिका पदाधिकारी तथा सदस्य र क्षेत्रीय प्रतिनिधिहरू समेत निर्विरोध चयन भएका छन् ।
कैलाली जिल्लामा शेरबहादुर देउवा पक्षका नेताहरू तथा कार्यकर्ताहरूको प्रभाव देखिएको छ । वडा अधिवेशनमा समेत क्रियाशील सदस्य र स्थानीय नेता तथा कार्यकर्ताहरूको राम्रो उपस्थिति देखिएको छ ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया