देउवा पक्षद्वारा गोदावरी नगरपालिकाका १२ वटै वडामा कांग्रेसको अधिवेशन सम्पन्न, को को बने सभापति ?
धनगढी । शेरबहादुर देउवा पक्षीय नेताहरूले नेपाली कांग्रेस कैलालीको गोदावरी नगरपालिकामा वडा अधिवेशन सम्पन्न गरेका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गोदावरी नगरपालिकाका १२ वटै वडामा वडा अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनबाट सबै वडामा नयाँ वडा सभापतिसहित नेतृत्व चयन गरिएको छ । वडा अधिवेशन सम्पन्न भएसँगै अब कांग्रेस गोदावरी नगर अधिवेशनको तयारीमा जुटेको छ ।
गोदावरी नगरपालिका वडा नं. १ को वडा सभापतिमा नरबहादुर बलायर, वडा नं. २ मा वीरबहादुर महरा, वडा नं. ३ मा दुर्गाप्रसाद भट्ट, वडा नं. ४ मा शोभनसिंह मल्ल, वडा नं. ५ मा कन्नार राना, वडा नं. ६ मा धनबहादुर खड्का निर्वाचित भएका छन् ।
वडा नं. ७ मा ठक्करबहादुर मगर, वडा नं. ८ मा राजबहादुर राउत, वडा नं. ९ मा रामसाही राना, वडा नं. १० मा भीमबहादुर मल्ल, वडा नं. ११ मा कलसा बडैला र वडा नं. १२ मा तुलसा बोहरा वडा सभापति निर्वाचित भएका छन् ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया