बिहीवार, जेठ ०७, २०८३
Wednesday, May 20th, 2026

गगनको अध्यावधिले हावा खायो, साढे ८ लाखमा जम्मा ४५ हजारले मात्रै गरे अध्यावधि, सभापतिहरुलाई कारबाहीको धम्की

४ घन्टा अगाड

काठमाडौं । गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गर्ने वडा सभापतिहरुलाई कारबाही गर्ने धम्की दिएको छ । भृकुटीमण्डपको कथित विशेष महाधिवेशनबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेर निर्वाचन आयोग र सर्वोच्च अदालतबाट मान्यता पाएपछि गगनले अध्यावधिका नाममा बबण्डर मच्चाइरहेका छन् । ८ लाख ५० हजार क्रियाशील सदस्य रहेको कांग्रेसमा करीव ४५ हजारले मात्रै अध्यावधि गरेको एक नेताले बताएका छन् । १५औँ महाधिवेशनका लागि क्रियाशील...

कांग्रेसलाई एकताबद्ध बनाउन देउवा पक्षीय नेताहरुद्वारा सम्पर्क कार्यालय स्थापना

काठमाडौं । नेपाली कांग्रेसलाई गगन थापाले हाइज्याक गरेपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निकटका नेताहरुले सम्पर्क कार्यालय स्थापना गरेका छन् । काठमाडौंको अनामनगरमा देउवा समूहका युवा नेताहरुले...

विदेशी महिलालाई गर्भवती बनाउने रास्वपाका सांसदबारे संसदमा उठ्यो कुरा, महिलाको बिचल्ली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्कीले विदेशी महिलालाई गर्भवती बनाएर अलपत्र पारेको विषयमा प्रतिनिधिसभामा प्रश्न उठेको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा...

पूर्वप्रधानमन्त्री देउवाले न्यायका लागि अदालतको ढोका ढकढकाए, कारण देखाउ अदोश जारी

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्पत्ति शुद्धीकरण कसूरमा आफूलाई पक्राउ गर्न सक्ने भन्दै दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।...
समाचार

निर्वाचनमा कांग्रेसलाई मत नै नहालेका मानिसहरूले पार्टी फुटको हल्ला चलाइरहेका छन् : सभापति बलायर

४ घन्टा अगाड
धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले पार्टीलाई एकताबद्ध गरेर लैजाने दायित्व नेतृत्वको भएको बताएका छन् । पार्टीको वृहत् एकता र पुर्नजागरणका लागि भन्दै जेठ १० गते धनगढीमा प्रदेश समितिको आयोजनामा हुने भेलाबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै बलायरले पार्टी एकताबद्व गर्ने दायित्व सभापति गगनकुमार थापाको...

मन्त्री पाण्डेयको झण्डावाला गाडीलाई भैरहवामा ट्राफिक प्रहरीद्वारा कारबाही

भैरहवा । लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेयको झण्डावाला गाडीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले कारबाही गरेको छ । भैरहवाको बजारमा सडक...

आईजीपी कार्कीसँग एपीजीको टोलीद्वारा भेट, नेपाललाई ग्रे लिस्टबाट निकाल्नेबारे छलफल

काठमाडौं । नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीसँग एसिया प्यासिफिक ग्रुप अफ मनी लान्ड्रिङ (एपीजी)का उपकार्यकारी सचिव डेभिड श्यानन तथा पोलिसी अफिसर कियाह ससलले...

नदी किनारबाट हटाएकालाई सरकारले पैसा दिने

काठमाडौं । रास्वपाको झण्डै दुईतिहाइको सरकारले जोखिमयुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबास व्यवस्था आफैं गर्न प्रोत्साहनका लागि राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ...

सबैभन्दा सुरक्षित र भरपर्दो कारागारबाट सपना फरार

काठमाडौं । केन्द्रीय कारागार, जगन्नाथदेवल, सुन्धारामा जन्मकैदको सजायमा रहेकी महिला फरार भएकी छिन् । शनिबार बिहान १ बजेतिर फरार हुनेमा नुवाकोटको विदुर नगरपालिकाकी...

कथित विशेष महाधिवेशनकै कारण कांग्रेस कमजोर बन्यो : पूर्णबहादुर खड्का

वीरेन्द्रनगर । नेपाली कांग्रेसका नेता एवम् पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले भृकुटीमण्डपको कथित विशेष महाधिवेशनकै कारण पार्टी कमजोर बनेको बताएका छन् । शनिबार नेपाली...

कांग्रेसका लागि गगनको अभिव्यक्ति र गतिविधि आपत्तिजनक : पूर्णबहादुर खड्का

वीरेन्द्रनगर । नेपाली कांग्रेसका नेता एवम् निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले सभापति गगन थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित...
अपराध

बीस वर्षीया पत्नीको हत्यो अभियोगमा पति पक्राउ

४ दिन अगाड
बागचौर । सल्यान जिल्लामा पत्नीको हत्या गरेको अभियोगमा प्रहरीले बागचौर नगरपालिका–५, चिलडाँले निवासी २४ वर्षीय शंकर बादीलाई पक्राउ गरेको छ । वैशाख १४ गते राति खाना खाएर सुतेकी २० वर्षीया सरिता बादी भोलिपल्ट बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् । घटनापछि माइती पक्षले श्रीमान् शंकर बादीमाथि हत्या गरेको...
कला

रनवे १५ मा सेलिब्रेटी र मोडलहरुको डिजाइन प्रदर्शन

काठमाडौं । दरबारमार्गस्थित होटल याक एण्ड यती शुक्रबार साँझ फेसनमय भयो । झकिझकाउ सजावत सहित आयोजित ‘आईईसी डिजाइनर रनवे –१५’ नाम फेसन शोमा १८ सेलिब्रेटी र मोडल एउटै र्‍याम्पमा फेसनका नयाँ डिजाइन प्रदर्शन गरे । आईईसी कलेजको आयोजना रहेको फेसन...
खेलकुद

दोस्रो राष्ट्रिय जुनियर चेस च्याम्पियनसिप हुने

भक्तपुर । तुल्सीलाल स्मृति दोस्रो राष्ट्रिय जुनियर चेस च्याम्पियनसिप यही जेठ ६ गतेदेखि ९ गतेसम्म भक्तपुरस्थित सूर्यविनायक रिसोर्टमा आयोजना हुने भएको छ...

पुलिस क्लवले जित्यो राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि

बुटवल । नेपाल पुलिस क्लवले दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ को उपाधि जितेको छ । शनिबार बुटवलमा भएको फाइनल खेलमा संकटा फुटबल...

दोलखा चेसमा रसिया पहिलो, पुछारमा नेपाल

चरीकोट । छैटौं संस्करणको दोलखा खुल्ला अन्तर्राष्ट्रिय चेस स्पर्धाका उच्च वरीयता खेलाडी किरियाकोभ पेटले अपराजित रहँदै उपाधि आफ्नो नाम गरेका छन् ।...

भारतका राहुल अन्तर्राष्ट्रिय रापिड चेसको च्याम्पियन

चरीकोट । दोलखा चेस होम, नेपालको आयोजनामा सम्पन्न बुद्धिचाल महासंघका पूर्व उपाध्यक्ष सुजेन्द्रप्रसाद श्रेष्ठ स्मृति अन्तर्राष्ट्रिय रापिड बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका राहुल...
अर्थ

चन्द्र ढकालको समूहलाई हराउँदै महासंघमा अञ्जनकुमार समूहको जबरजस्त जित

२ हपता अगाड
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनियुक्त अध्यक्ष अञ्जनकुमार श्रेष्ठ पदभार ग्रहण गरेका छन् । बिहीबार महासंघको केन्द्रीय कार्यालय, टेकु, काठमाडौंमा अध्यक्ष श्रेष्ठले पदभार ग्रहण गरेका हुन् । यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ स्वतः अध्यक्ष बनेका छन् । तथापि,...

सहकारीहरूको वर्गीकरण गरेर चिन्ह प्रदान गर्नुपर्छ : मन्त्री रायमाझी

भरतपुर । बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले अब सहकारीहरूको पनि वर्गीकरण गरिनुपर्ने बताएकी छिन् । बिहीबार बागमती प्रदेश सहकारी संघ लिमिटेडको...

अध्यक्ष भण्डारी नेतृत्वको कार्यसमिति होटल व्यवसायी महासंघमा निर्विरोध चयन

पोखरा । होटल व्यवसायी महासंघ नेपालको कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर महासंघको कार्यसमिति र घोषणापत्र सार्वजनिक गरिएको छ ।...

मूल्य बढाएर गहुँ र चैते धानको समर्थन मूल्य कायम

काठमाडौं । सरकारले यस वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९ सय ४५ रुपियाँ कायम गरेको छ । यस पटक गहुँको समर्थन मूल्य...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

३ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

पश्चिम बंगालमा जनताले कम्युनिस्ट नेता लेनिनको शालिक भात्काइदिए

नयाँ दिल्ली । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी)का कार्यकर्ताले कम्युनिस्ट नेता भ्लादिमिर लेनिनको शालिकलाई भत्काइदिएका छन् । भाजपाले पश्चिम बंगालको सभामा २९४ मध्ये २०७ सिटसहितको एकल बहुमत ल्याएर विजयी भएको छ । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले बनाएको लेनिनको...