बैगुनी गगनले धोका दिएपछि विनिताले पोखिन असन्तुष्टि, कांग्रेस दिलाउन ठूलो भूमिका
काठमाडौं । नेपाली कांग्रेसकी नवनिर्वाचित केन्द्रीय सदस्य विनिता खड्काले आफूलाई अन्याय हुँदा गगन थापाले असहयोग गरेको भन्दै गम्भीर रुपमा असन्तुष्टि जनाएकी छिन् ।
सामाजिक सञ्जालमार्फत् नेतृ खड्काले गगनको नाम उल्लेख नगरेर आफूलाई लागेको निराधार आक्षेपप्रति पार्टी नेतृत्वबाट भएको व्यवहारको आलोचना गरेकी हुन् । उनले भनेकी छिन्, ‘केही दिनयता बिनाकारण झेल्नुपरेको निराधार आरोप र महाधिवेशन प्रतिनिधिहरूको अमूल्य मतबाट जितेको केन्द्रीय सदस्य पद घोषणा हुनुको सट्टा होल्डमा राखिँदाको क्षण मेरो राजनीतिक जीवनकै सबैभन्दा कठिन परीक्षा बन्यो ।’
कांग्रेसको केन्द्रीय सदस्य पदमा खड्का निर्वाचित भएकी छिन् । उनलाई महाधिवेशन प्रतिनिधिहरूले मतदान गरेर विजयी बनाएका छन् । तर, गगन थापाले नेतृ खड्कालाई केन्द्रीय सदस्यमा निर्वाचित हुँदा समेत बेवास्ता गर्दै होल्डमा राखेका छन् । कांग्रेसको आधिकारिकता दिलाउन नेतृ खड्काको ठूलो भूमिका रहेको छ । खड्काले गगनलाई लगाएको जीवनकै ठूलो गुण भुलेर अपमान गरेपछि उनले असन्तुष्टि जनाएकी छिन् ।
‘म पूर्ण निर्दोष हुँदा पनि पार्टी नेतृत्वले कम्तीमा ‘तिम्रो गल्ती भए सजाय भोग, सही छौ भने हामी साथमा छौँ’ भनिदिएको भए त्यो पीडा धेरै कम हुन्थ्यो,’ नवनिर्वाचित केन्द्रीय सदस्य खड्काले भनेकी छिन् ।
‘आफ्नै घरबाट पाउनुपर्ने अभिभावकत्वको साटो चिसो महसुस हुँदा मन कुँडिनु स्वाभाविक थियो,’ उनले भनेकी छिन्, ‘त्यही आन्तरिक छटपटी र अन्यायको बोझले गर्दा मेरा केही कडा शब्दहरू बाहिर आए होलान्, किनकि आफ्नो निष्ठा र स्वाभिमानमाथि प्रश्न उठ्दा दुख्नु मानवीय स्वभाव हो ।’
‘पार्टीभित्र आफ्ना गुनासा, विमति र प्रश्न राख्न पाउनु नै नेपाली कांग्रेसको लोकतान्त्रिक संस्कार हो,’ युवा नेतृ खड्काले भनेकी छिन्, ‘विगतका यी तिता अनुभवहरूले हामीलाई कमजोर होइन, अझ बढी परिपक्व बनाएका छन् ।’
नवनिर्वाचित केन्द्रीय सदस्य खड्काले भनेकी छिन्, ‘यसलाई पार्टीका नेताहरू, साथीहरू र शुभचिन्तकहरूले सहज रूपमा लिइदिनुहुनेछ भन्ने विश्वास लिएकी छु ।’
‘मैले कुनै गैरकानूनी काम गरेकी छैन र कहिले पनि गर्नेछैन । मलाई माया, साथ र समर्थन गर्नेहरूलाई कहिले पनि बिनिताको कारणले शिर झुक्ने दिनेछैन,’ उनले भनेकी छिन् ।
‘धन्यवाद, विजया दशमीको मंगलमय अवसरमा देश तथा विदेशमा रहनुहुने आदरणीय अभिभावक, पार्टीका नेतागण, जुझारू साथीहरू र सम्पूर्ण न्यायप्रेमी शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक शुभकामना,’ कांग्रेस नेतृ खड्काले भनेकी छिन् ।
बिचार/ब्लग
बिर्सनु हुँदैन : सरकार परिवर्तन न्याय होइन
डा. मनीष आचार्य

फेसबुकबाट तपाईको प्रतिक्रिया