बागलुङ कांग्रेसको पालिका, प्रदेश र क्षेत्रीय अधिवेशन सम्पन्न, देउवा पक्षको सशक्त गतिविधि

बागलुङ । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत बागलुङमा पालिका, प्रदेश र क्षेत्रीय अधिवेशन एकसाथ सम्पन्न भएको छ ।

शुक्रबार बाग्लुङ क्षेत्र नं. १ को अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले सभापतिसहित कार्यसमिति र महाधिवेशन प्रतिनिधि सर्वसम्मत निर्वाचित गरेको छ ।

गण्डकी प्रदेश सरकारका आर्थिम मामिलामन्त्री समेत रहेका नेपाली कांग्रेस बागलुङका सभापति जीतबहादुर शेरचनको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

बागलुङ कांग्रेसका सभापति एवम् आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले कांग्रेसलाई तथाकथित विशेष महाधिवेशनका नाममा समाप्त पार्ने खेल भएको बताए । उनले कांग्रेसलाई बचाउन केन्द्रका ठूला नेताभन्दा पनि गाउँका कार्यकर्ताहरूको विशेष योगदान रहने बताएका छन् ।

Published : Saturday, 2026 October 17, 5:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया