कृष्णनगरका साना व्यापारीहरूलाई दुःख, हैरानी नदिन सरकारी निकायलाई कांग्रेस उपनेता शाहको चेतावनी

कृष्णनगर । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा संसदीय दलका उपनेता अभिषेकप्रताप शाहले साना कृष्णनगर भन्सामा साना व्यापारीहरूलाई दुःख र हैरानी दिने कार्य तत्कालरोक्न चेतावनी दिएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत् नेता शाहले साना व्यापारीहरूलाई सरकारी विभिन्न निकायहरूबाट निरन्तर दुःख दिने कार्य भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । उनले यो विषयमा आफूले आगामी दिनमा प्रतिनिधि सभामा शसक्तरुपमा उठाउने चेतावनी दिएका छन् ।

नेता शाहले भने, ‘कृष्णनगरका साना व्यापारीहरूलाई दुःख दिने र अनावश्यक रूपमा हैरान गर्ने प्रशासनको बदनियतपूर्ण कार्यप्रति मेरो गम्भीर आपत्ति छ । यस विषयलाई आगामी संसद् बैठकमा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’

‘साना व्यापारीहरूको हकहित र न्यायका लागि मेरो आवाज सधैँ बुलन्द रहनेछ,’ कांग्रेस नेता शाहले भनेका छन् ।

चाढ पर्वको समयमा समेत सुरक्षाकर्मी र भन्सारका कर्मचारीहरू कृष्णनगरसहित नेपाल–भारत सिमानो जोडिएका नाकाहरूमा घरायसी प्रयोगका लागि ल्याइने सामानमा चेकजाँच गर्ने, खोस्ने, लुट्ने, दुःख दिने, हैरानी दिने जस्ता कार्य भइरहेका छन् । यी कार्य तत्काल रोक्ने कांग्रेसका सांसद शाहले सचेत गराउँदै संसदमा सशक्तरुपमा कुरा राख्ने बताएका हुन् ।

Published : Saturday, 2026 October 17, 5:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया