निर्वाचन समितिद्वारा परिपत्र, देउवा पक्ष कांग्रेसका जनप्रतिनिधिहरू स्वतः महाधिवेशन प्रतिनिधि
काठमाडौं । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गतको केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधि थप गर्न जिल्ला निर्वाचित समितिहरूलाई परिपत्र गरेको छ ।
निर्वाचन समितिका संयोजक एगराज पोखरेलले सबै निर्वाचन अधिकृतहरूलाई परिपत्र गरेर महाधिवेशन प्रतिनिधि थप गर्न निर्देशन दिएका हुन् ।
‘प्रस्तुत विषयमा, प्रत्येक निर्वाचन क्षेत्र अन्तर्गत स्थानीय तहमा नेपाली कांग्रेस पार्टीको तर्फबाट निर्वाचित हुनुभएका पालिका/ नगर/ उपमाहानगर/महानगरपालिका प्रमुख तथा उप–प्रमुख, प्रदेश सांसद, प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचित भई हाल पदमा कार्यरत रहनु भएका जनप्रतिनिधिहरू आ–आफ्नो निर्वाचन क्षेत्रबाट स्वतह केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने भन्ने गर्ने निर्णय भएको हुदा सोही बमोजिम गर्नु गराउन हुन अनुरोध गर्दछु,’ परिपत्रमा संयोजक पोखरेलले भनेका छन् ।
शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत जनप्रतिनिधिहरूलाई स्वतः महाधिवेशन प्रतिनिधिको व्यवस्था गर्ने निर्णय भएको छ । सोहीअनुसार जनप्रतिनिधिहरूलाई केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउन समितिले निर्देशन दिएको छ ।

बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया