महिलालाई अश्लील गाली र धम्की प्रकणको अडियोबारेमा सांसद सुनारले बुझाए जवाफ
काठमाडौं । बागमती प्रदेशकी पूर्वराज्यमन्त्रीलाई निच र छाडा शब्दावलीसहित गालीगलौजको अडियो सार्वजनिक भएपछि विवादमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले अडियो प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।
सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै रास्वपाको केन्द्रीय अनुशासन समितिलाई लिखित जवाफ बुझाएका छन् । समितिले उनले मंगलबार स्पष्टीकरण माग गर्दै आरोपहरूका विषयमा लिखित जवाफ दिन निर्देशन दिएको थियो ।
सांसद सुनारले आफूमाथि लगाएको आरोप अस्वीकार गरेको रास्वपाका एक नेताले बताएका छन् । पीडित भनिएकी महिलाबाट पार्टीमा उजुरी नपरेको हुँदा सोही अनुसार अगाडि बढ्ने रास्वपाको तयारी रहेको ती नेताले बताए ।
पहिलो चरणमा लिखित प्रतिक्रिया लिने काम सम्पन्न भएको र दोस्रो चरणको छानबिन प्रक्रिया अगाडि बढेको स्रोतले जनाएको छ ।
दोस्रो चरणमा अडियो प्रदायक(वास्तविक स्रोत)सम्म पुगी प्रमाण सङ्कलन गर्ने, कागजात मगाउने कामको प्रारम्भ भएकाले त्यसका लागि सम्बन्धित मिडिया हाउससँग पत्राचार गर्ने समितिले तयारी गरेको छ ।
जनआस्थाले विवादास्पद सांसद सुनारको धम्की, गालीगलौज र निच शब्दावलीसहितको अडियो सार्वजनिक गरेको छ । अडियो सार्वजनिक भएपछि सांसद सुनारको आलोचना हुँदै आएको छ । सुनारले महिला र उनका बच्चालाई फोनमा निकै धम्की दिनुका साथै हत्या गरेर रगत पिउनेसम्मको धम्की दिएका छन् ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया