संसदीय समितिबाट मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको नाम अस्वीकृत
काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चूडामणि खरेलको नाम अस्वीकृत भएको छ ।
बुधबार सिंहदरबारमा बसेको समितिको बैठकबाट खरेलको नाम अनुमोदनका लागि अस्वीकृत भएको हो ।
स्वार्थको द्वन्द्व, आर्थिक लेनदेन, स्थानीय तहसँग अनुदान मिलाइदिने भन्दै रकम लिएको लगायतका विषय उनीमाथि सुनुवाइका क्रममा उठेका थिए ।
यसअघि साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारको नाम पनि अस्वीकृत भएको थियो ।
१३ जना राजदूत सिफारिस भएकोमा १० जनाको नाम भने सर्वसम्मतबाट अनुमोदन भएको छ । बाँकी एक जनाको निर्णय लिन बाँकी छ ।
Published : Wednesday, 2026 October 14, 9:26 pm
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया