सुनारले व्यक्त गरेका शब्दहरू संसदीय अभिलेखबाट हट्यो
काठमाडौं । संसदीय सुनुवाइ समितिले साउदी अरबका लागि प्रस्तावित आवासीय राजदूत गिरीबहादुर सुनारले व्यक्त गरेका तीन वटा शब्द संसदीय अभिलेखबाट हटाएको छ ।
बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा सुनुवाइका क्रममा प्रस्तावित राजदूत सुनारले ‘ल्याङ हान्न आएको’ भन्ने शब्द प्रयोग गरेका थिए ।
यसलाई संसदीय सुनुवाइ समिति सभापति बोधनारायण श्रेष्ठले यी तीन वटा शब्द संसदीय अभिलेखबाट हटाउन संसद सचिवालयलाई निर्देश गरेका हुन् ।
यसैबीच, जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको पनि संसदीय सुनुवाइ ‘होल्ड’ भएको छ । सुनुवाइ समितिले सुरूमा थापालाई कार्ययोजना प्रस्तुत गर्न दिएर थप प्रक्रिया ‘होल्ड’ गरेको हो ।
कार्ययोजना प्रस्तुतिपछि प्रस्तावित राजदूत थापाको पीआर, उनकी श्रीमतीको पनि पीआर रहेको विषयमा सांसदहरूले प्रश्न गरेका छन् । जवाफमा प्रस्तावित राजदूत थापाले जापानको पीआर त्यागिसकेको प्रष्टीकरण दिएका छन् । सो क्रममा उनले नेपाल जोड्न जापानमा रहँदा काम गरेको बताए । ढाकाटोपी लगाएर कार्यक्रम चलाउने आदि गरेको बताए ।
त्यसपछि सांसदहरू आन्तरिक छलफलमा जुटेका छन् । यो विषयमा आएको प्रष्टीकरणबारे निक्र्योलमा पुगेर बाँकी छलफल गर्ने भनेर प्रस्तावित राजदूतलाई बाहिर राखेर सांसदहरू आन्तरिक छलफलमा जुटेका थिए ।
पीआर त्यागेको विवरण जापानको इमिग्रेसनबाट नेपालको परराष्ट्र मन्त्रालयलाई प्राप्त भएको उनले बताए ।
‘देशकै लागि काम गर्न चाहेको र राजदूत बन्न अप्लाइ गरेको’ उनले बताए । थापाले पीआर लिएको र राजदूत हुन उनी अयोग्य रहेको भनेर उजुरी परेको थियो ।
पीआरबारे सांसदहरूले पनि प्रश्न गरेका छन् । जवाफमा उनले जापानमा आफ्ना श्रीमती र सन्तान नेपाली नागरिककै हैसियतमा रहेको बताए ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया