रुकुम पश्चिम कांग्रेस सभापतिमा विष्ट सर्वसम्मत, देउवा पक्षका नेता तथा कार्यकर्ताहरू उत्साहित
चौरजहारी । नेपाली कांग्रेस १५औं महाधिवेशन अन्तर्गत रुकुम पश्चिम जिल्लामा भएको अधिवेशनले सभापतिमा नन्दबहादुर विष्टलाई निर्विरोध निर्वाचित गरेको छ ।
नेपाली कांग्रेस रुकुम पश्चिमको जिल्ला अधिवेशनले सभापतिमा विष्टलाई सर्वसम्मत निर्वाचित गरेको जिल्ला निर्वाचन अधिकृत विष्णुबहादुर बुढाथोकीले जानकारी दिएका छन् । शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहपूर्ण उपस्थिति रहेको अधिवेशनले जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू पनि निर्वाचित गरेको छ ।
अधिवेशनबाट दुई उपसभापतिमा विजय थापा र अमृत ओली निर्वाचित भएका छन् । दुई सचिवमा षडानन्द गौतम र शम्भुप्रसाद शर्मा निर्वाचित भएका छन् । सहसचिवमा हिरालाल खत्री निर्वाचित भएका छन् ।
अधिवेशनले दुई वटा प्रदेश सभा निर्वाचन क्षेत्रका सभापतिहरूका साथ महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरू समेत निर्वाचित गरेको छ ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया