मोहन बस्नेत महाधिवेशन प्रतिनिधिमा निर्वाचित, सिन्धुपाल्चोकमा कांग्रेसको क्षेत्रीय अधिवेशन सम्पन्न

बाह्रबिस । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नं. १ को अधिवेशन सम्पन्न भएको छ ।

मंगलबार बाह्रबिसे नगरपालिकामा केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनले सिन्धुपाल्चोक क्षेत्र नं. १ को अधिवेशन सम्पन्न भएको हो ।

क्षेत्रीय अधिवेशनले महाधिवेशन प्रतिनिधिमा पूर्वमन्त्री मोहनबहादुर बस्नेत र बाह्रबिसे नगरपालिकाका नगरप्रमुख समेत रहेका निवर्तमान सभापति बालकृष्ण बस्नेतसहितका नेताहरूलाई सर्वसम्मत निर्वाचित गरेको छ ।

सिन्धुपाल्चोक क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा जीवन राउत सर्वसम्मत निर्वाचित भएका छन् । सिन्धुपाल्चोक क्षेत्र नं. १ प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को सभपातिमा जीवनकुमार भण्डारी र २ मा समिर तामाङ सर्वसम्मत निर्वाचन भएका छन् ।

अधिवेशनमा शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो । सिन्धुपाल्चोक जिल्लामा पूर्वमन्त्री मोहन बस्नेतले देउवा पक्षीय नेताहरूलाई एकजुट बनाएर सशक्त रुपमा नेपाली कांग्रेसको संगठन निर्माण गरेका छन् ।

Published : Tuesday, 2026 October 13, 7:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया