कांग्रेसको दाङ २ को क्षेत्रीय अधिवेशन सम्पन्न, सभापतिमा विश्वकर्मा सर्वसम्मत, प्रदेशतर्फ कँडेल र आचार्य निर्वाचित
घोराही । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत दाङको क्षेत्र नं. २ मा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ ।
आइतबार घोराही उपमहानगरपालिका वडा नं. १५ मा सम्पन्न क्षेत्रीय अधिवेशनले सभापतिमा खेमराज विश्वकर्मालाई सर्वसम्मत निर्वाचित गरेको छ । विश्वकर्माको नेतृत्वमा कार्यसमिति समेत निर्वाचित भएको नेपाली कांग्रेस दाङका जिल्ला संयोजक गोपालराज शर्माले जानकारी दिएका छन् ।
दाङ क्षेत्र नं. २ अन्तर्गत प्रदेश सभा क्षेत्र नं. १ को सभापतिमा गुरुप्रसाद कँडेल र प्रदेश सभा क्षेत्र नं. २ को सभापतिमा माधवप्रसाद आचार्य सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । अधिवेशनमा शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
क्षेत्रीय अधिवेशनले महाधिवेशन प्रतिनिधिमा पूर्वसभापति वीरकेश्वर गौतम, नेपाली कांग्रेस लुम्बिनी प्रदेश महाधिवेशन तयारी समितिका सदस्य सचिव बमबहादुर डिसी, नेपाली कांग्रेस दाङका जिल्ला संयोजक गोपालराज शर्मा, नेताहरू बद्रीकुमार खड्का, श्यामकुमार रेग्मी, सरस्वती घिमिरे गौतम, पम्फा नेपाली, टीका डाँगी, बबिता केसी, पुष्पा बादी, पुष्पा श्रेष्ठ, यमप्रसाद चौधरी, निमा गन्र्धव, मज्जित रहमान शाह, रुपक चौधरी, अनिता विश्वकर्मा, ग्रिष्मा डिसी, निमाकुमारी डिसी सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यसैगरी, दामोदर केसी, सुनिल रेग्मी, चुर्ण वली, सुरेश पछाई, दिलिप आचार्य, शरद खनाल, अशोक बर्मा, पूर्ण मल्ल, पर्वता रजौरे, विनोद न्यौपाने, मोहन घिमिरे, यज्ञराज खत्री, दीपक न्यौपाने, श्याम पुन पनि महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया