बूढीगण्डकी नदीमा आएको बाढीले पारेको असरको खबरले अत्यन्त दुःखी बनाएको छ : प्रा.डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा शशांक कोइरालाले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले नदी किनारका बस्तीहरूमा पारेको असरको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत प्रा.डा.कोइरालाले बाढीले नदी किनाराका बस्ती तटिए क्षेत्रमा पारेको असरको खबरले आफू दुखित बनेको बताएका हुन् । यस कठिन घडीमा बाढी प्रभावित सम्पूर्ण नागरिकप्रति गहिरो सहानुभूति व्यक्त गर्दै प्रा.डा.कोइरालाले प्रभावितहरूको सुरक्षा र सहजताको कामना गरेका छन् ।

उनले बूढीगण्डकी र त्रिशूली नदी किनारका तटीय क्षेत्रमा रहेका सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन, सम्भावित जोखिमबाट बच्न र आवश्यकताअनुसार सुरक्षित स्थानमा जान आग्रह गरेका छन् ।

कांग्रेस संयोजक प्रा.डा.कोइरालाले विपद्को समयमा उद्धार, राहत तथा मानवीय सहयोगमा सक्रिय रूपमा जुट्न नेपाली कांग्रेसका सम्पूर्ण नेता कार्यकर्तालाई आग्रह गरेका छन् । उनले भने, ‘प्रभावित नागरिकको दुःखमा साथ दिनु र आवश्यक सहयोग पु¥याउनु हामी सबैको साझा जिम्मेवारी हो । विपद्को यस घडीमा हामी सबै एकजुट बनौँ । नागरिकको जीवन रक्षा, सुरक्षा र सहयोगलाई पहिलो प्राथमिकतामा राखौँ ।’

आइतबार बिहान गोरखा जिल्लास्थित बूढीगण्डकी नदीमा कालो लेदोसहित आएको बाढीले ठूलो क्षति गरेको छ ।

Published : Sunday, 2026 October 11, 1:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया