१५औँ महाधिवेशनमा कांग्रेसबाट शाही पहिलो महिला जिल्ला सभापति निर्वाचित, देउवा पक्षको फराकिलो मन

चन्दननाथ । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस जुम्लाको जिल्ला सभापतिमा महिला नेतृ नेत्रकला शाही निर्वाचित भएकी छिन् ।

शुक्रबार चन्दननाथ नगरपालिकामा सम्पन्न जिल्ला अधिवेशनबाट नेतृ शाही सभापतिमा निर्वाचित भएकी हुन् । उनी चन्दननाथ नगरपालिका वडा नं. १० निवासी हुन् ।

जुम्ला जिल्लामा शाही नेपाली कांग्रेसको पहिलो जिल्ला सभापतिमा निर्वाचित भएकी छिन् । शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको अधिवेशनले शाहीको नेतृत्वमा कार्यसमिति पनि बनाएको छ ।

शुक्रबार हेम बुढथापाको संयोजकत्वमा सम्पन्न अधिवेशन प्रक्रिया र विभिन्न तहका सांगठनिक गतिविधिपछि जिल्ला अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट २३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ । महाधिवेशन प्रतिनिधिमा ३४ जना चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिमा सभापतिसहित उपसभापति, सचिवलगायत पदाधिकारी रहेका छन् । दुई उपसभापतिमा राजबहादुर शाही र डिलबहादुर रोकाय तथा सचिवमा गोकर्ण हमाल निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसबाट देशभरिबाटै नेतृ शाही पहिलो महिला जिल्ला सभापति बनेकी छिन् ।

यसैबीच, नेपाली कांग्रेस जुम्ला जिल्लाको प्रदेश सभा क्षेत्र नं. १ र २ को क्षेत्रीय अधिवेशन पनि सम्पन्न भएको छ ।
प्रदेश सभा क्षेत्र नं. १ को सभापतिमा मनप्रसाद देवकोटा र २ को प्रदेश सभा क्षेत्रीय सभापतिमा उपराज अधिकारी निर्वाचित भएका छन् ।

Published : Saturday, 2026 October 10, 8:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया