देउवा पक्षीय काभ्रे १ को कांग्रेस सभापतिमा पाण्डे सर्वसम्मत निर्वाचित

बनेपा । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत् काभ्रेको क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ ।

शनिबार सम्पन्न भएको अधिवेशनबाट नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा रोशन पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् । पाण्डेको नेतृत्वमा क्षेत्रीय कार्यसमिति पनि गठन भएको छ । अधिवेशनबाट प्रदेश सभातर्फ काभ्रे १ (२)को क्षेत्रीय सभापतिमा चन्द्र लामा सर्वसम्मत निर्वाचित भएका छन् ।

अधिवेशनमा शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

Published : Saturday, 2026 October 10, 7:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया