कांग्रेसको मुगुमा मल्ल, हुम्लामा सूर्य र जुम्लामा नेत्रकला सभापतिमा सर्वसम्मत, देउवा पक्ष उत्साहित
मुगु । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस मुगुको जिल्ला अधिवेशनले सभापतिसहितको नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
नेपाली कांग्रेस मुगुको जिल्ला अधिवेशनबाट जिल्ला सभपातिमा तिलकबहादुर मल्ल निर्वाचित भएका छन् । शेरबहादुर देउवा पक्षीय नेताहरूले मुगुमा वडा अधिवेशन हुँदै जिल्ला अधिवेशन गरेको छ ।
शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट मल्ल सर्वसम्मत जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।
आकांक्षी खगेन्द्र मल्ल पार्टीलाई जिल्लामा थप मजबुत बनाउने भन्दै पछि हटेपछि मल्ललाई सर्वसम्मत जिल्ला अध्यक्ष चयन गरिएको कांग्रेस नेता धर्मराज शाहीले जानकारी दिए ।
अधिवेशनबाट २७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ । देउवा पक्षले कर्णालीका हिमाली जिल्लाहरूमा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ ।
कांग्रेसको देउवा पक्षले हुम्लामा सूर्यबहादुर शाही र जुम्लामा नेत्रकला शाहीलाई जिल्ला सभापतिमा चयन गरिसकेको छ ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया